२०२२/२३ हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’
पाेखरा | मंसिर २८, २०७९
पोखरा: विद्यार्थीहरुका लागि नोवेल पुरस्कार मानिने हल्ट प्राइज यस वर्ष पनि पोखरा विश्वविद्यालयमा बृहत रुपले आयोजना हुने भएको छ ।
हल्ट प्राइज पोखरा विश्वविद्यालयले आज (बुधबार) पत्रकार सम्मेलन गदैैँ सो जानकारी दिएको हो ।
सम्मेलनमा बोल्दैँ क्याम्पस निर्देशक सूरज राज केशरीले हल्ट प्राइज विद्यार्थीहरुको लागि सामाजिक उद्यमशीलत प्रतियोगिता भएको बताए । हल्ट प्राइज प्रतियोगिताले विद्यार्थीमा लुकेको क्षमतालाई प्रस्फुटज गर्ने कार्य गर्दछ । केशरीले भने, ‘रिजनल्स सम्म पुगेर बाहिरिएका विद्यार्थीहरुको लागि नेपालमै विजनेस अफर समेत आउने गर्दछ ।’
२०२२/२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ । जसमा विद्यार्थीहरुले फेसन र कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्नुपर्ने हुन्छ ।
हरेका वर्ष वोस्टन हेडक्वाटर अवस्थित द इन्टरनेशनल हल्ट कम्यूनिटेले नयाँ च्यालेन्ज प्रदान गर्ने गर्दछ र विश्वभरिका विद्यार्थीहरुले त्यस च्यालेन्जमा रहेर आफ्नो विचार राख्नुपर्दछ । हल्ट प्राइजको यात्रा अन क्याम्पस कार्यक्रममा विजेता भएकाले आफ्नो ठाउँ रिजनल्समा पार्दै विजेता भएमा याक्सलेरेटरमा पुग्ने र विश्वभरीबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् ।
सात वर्ष देखि नेपालका विश्वविद्यालयहरुले सहभागिता जनाउन थालेको यस प्रतियोगितामा यस वर्ष ३५ भन्दा बढि विश्वविद्यालय र आङ्गिक विद्यालयहरुले सहभागिता जनाएका छन् ।
साथै यस प्रतियोगिताको लागि पोखरा विश्वविद्यायले सम्बन्धित विद्यालय र कलेजको स्नातक , स्नातकोत्तर, एमफिल र पीएचडी विद्यार्थीहरुको लागि फाराम खुलाएको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...
काठमाडौंः: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...
पर्सा: सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

